२५ साउन २०८२, शनिबार

विराटनगरमा चोरी गर्न भारतीय महिला सक्रिय, सिटी सफारीबाट नगद चोरी भारतीय महिला गिरोह पक्राउ

विराटनगर  । कोशी प्रदेशको राजधानी विराटनगरमा सिटी सफारीमार्फत यात्रुको साथबाट नगद र गहना चोरी गर्दै आएका भारतीय महिला गिरोह सक्रिय रहेको खुलेको छ। मोरङ प्रहरीले गिरोहमा संलग्न ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहारको पूर्णिया घर भएकी २४ वर्षीया प्रियंका धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी रहेका छन्। प्रहरीको निगरानीपछि मोरङको कटहरी–१ बुधहाटबाट उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूले कटहरी गाउँपालिका–४ का ७० वर्षीय नारायणप्रसाद काफ्लेको साथमा रहेको ३ लाख रुपैयाँ सिटी सफारीमा यात्रा गर्ने क्रममा चोरी गरेका थिए। पीडित काफ्ले बैंकबाट रकम झिकेर घर फर्किंदै गर्दा चोरीमा परेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, गिरोहका सदस्यहरूले बैंक र पसलबाट सामान खरिद गर्ने व्यक्तिको निगरानी गर्दै, सफारीमा पछ्याउने, मौका मिल्नेबित्तिकै नगद र गहना चोरी गरी बीचमै ओर्लने र पुनः भारत फर्किने गरेको पत्ता लागेको छ।

लामो समयदेखि यस्तो शैलीमा चोरी गर्दै आएको पाइएकोले जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

एसपी नारायणप्रसाद चिमरियाले यात्रामा विशेष सावधानी अपनाउन यात्रुहरूलाई आग्रह गरेका छन्।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क