
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले अत्यन्त रोमाञ्चक खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजय बेहोरेको छ।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५२ रन मात्र बनाउन सक्यो। स्कोर बराबरी भएपछि खेल पहिलो सुपर ओभरमा पुग्यो, जसमा दुवै टोलीले समान रन बनाए। दोस्रो सुपर ओभरमा समेत बराबरी भएपछि निर्णय तेस्रो सुपर ओभरमा पुगेको थियो।
तर, निर्णायक सुपर ओभरमा नेपालका लागि मैदान उत्रिएका कप्तान रोहित पौडेल र रुपेश सिंह दुवैजना रनविहीन रूपमा आउट भए। त्यसपछि नेदरल्यान्ड्सले मात्र १ रनको लक्ष्य पाएको थियो। उनले पहिलो बलमै छक्का प्रहार गर्दै जित सुनिश्चित गरे।
नेपालको लागि यो खेल अविस्मरणीय रोमाञ्चक भए पनि दुर्भाग्यपूर्ण पराजयको रुपमा रह्यो।