
काठमाडौं । प्रहरीले काठमाडौंमा गोली प्रहार गरी चार भारतीयलाई नियन्त्रणमा लिएको छ । टोखाबाट गोली हानेर नियन्त्रणमा लिएकाहरु चारजना भारतीय नागरिक रहेको खुलेको हो ।
लागुऔषध कारोबारको सूचनाका आधारमा टोखा पुगेको प्रहरीमाथि नै आक्रमण गर्न खोजे पछि लागूऔषध नियन्त्रण ब्युरोको टोलीले गोली हानेर दुई जनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरु बाहेक थप दुईजना गरी प्रहरीले चारजनालाई पक्राउ गरेको हो । ट्रमा सेन्टरमा उपचार हुनेहरूमा भारत पश्चिम बंगाल घर भएका ४० वर्षीय सशीक आलम र सोही ठाउँका १८ वर्षीय मोहमद मञ्जियार छन् । उनीहरू दुवै जनालाई घुँडामुनि गोली लागेको छ । प्रहरीका अनुसार मञ्जियारलाई दुई र सशीकलाई एक गोली लागेको छ ।
दुवैको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ । यही समूहका दुई जनालाई भने लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले हिरासतमा रोखको छ । हिरासतमा रहनेमा १८ वर्षका भारतीय नागरिक सुमीतकुमार र भारतकै २५ वर्षीय चन्दनकुमार छन् । सुरुमा प्रहरीले दुई जनालाई सुन्धाराबाट पक्राउ गरेको थियो ।