२५ साउन २०८२, शनिबार

ट्राफिक प्रहरीलाई मनपरी गाली गर्ने कोशी गाउँपालिकाका अध्यक्ष अन्सारीमाथि मुद्धा

विराटनगर । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीविरुद्ध ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई गालीगलौज गरी मनोबल गिराएको आरोपमा मुद्दा दर्ताको तयारी गरिएको छ।

कोशी कटान क्षेत्रमा कार्यरत ट्राफिक प्रहरी सई कमलप्रसाद दाहाल र असई सन्तोष मिश्रमाथि अध्यक्ष अन्सारीले मनपरी गाली गर्दै हातपात गर्न खोजेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आलोचना चुलिएको छ। सो घटनासम्बन्धी भिडियो तीव्र रूपमा भाइरल बनेको छ।

सुनसरीका प्रहरी प्रमुख एसपी सुमनराज तिम्सिनाले घटनाका सबै पक्षलाई समेटेर मुद्दा दर्ता गर्न आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए। “ड्युटीमा रहेका सुरक्षाकर्मीप्रति असभ्य व्यवहार गरिएको, सार्वजनिक ठाउँमा दुर्व्यवहार देखिएको प्रमाणका आधारमा कानुनी प्रक्रिया थालिएको छ,” एसपी तिम्सिनाले भने।

जेठ २३ गते को १ त ४९४३ नम्बरको बाँस लोड गरिएको ट्याक्टरलाई ट्राफिक असई रामराजा यादवले ओभरलोड पाइएपछि रोकेर जरिवाना गरे। ट्याक्टर चालक गाउँपालिकाका अध्यक्ष अन्सारीका आफन्त भएको खुलेको छ। त्यसपछि घटनास्थलमा पुगेका अध्यक्ष अन्सारीले ‘मेरो पालिकाका जनतालाई दुःख दिने ? ‘ भन्दै ट्राफिक प्रहरीलाई जथाभाबी  लगातार मनपरी गाली गरेका थिए।

अन्सारीले प्रहरीले घुस मागेको आरोप पनि लगाएका थिए भने आफूले फोन गर्दा नउठाएको भन्दै आक्रोश व्यक्त गरेका थिए। केही दिनअघि दूध बोकेको मोटरसाइकललाई ओभरलोडमा जरिवाना गरिएको र त्यसबाट दूध फाटेको प्रसंगसमेत उनले जोड्दै प्रहरीमाथि आक्रोश पोखेका थिए।

भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना खेपिरहेका अध्यक्ष अन्सारीले भने भिडियोमा प्रयोग भएका शब्द आफूले बोलेको अस्वीकार गरेका छन्। उनले उक्त भिडियो एआई प्रविधिको प्रयोगबाट बनाइएको दाबी गर्दै सामाजिक सञ्जालमा स्पष्टीकरण पोस्ट गरेका छन्।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क