
काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरू आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टीआईए० आइपुग्दै छन्। अमेरिकी चार्टर्ड विमानमार्फत डिपोर्ट गरिएका नेपालीहरू आइतबार अपराह्न सवा ४ बजे काठमाडौं अवतरण गर्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ।
अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेका अनुसार अमेरिकी पक्षबाट १०–१२ दिनअघि नै जानकारी प्राप्त भए पनि डिपोर्ट हुने नेपालीहरूको संख्या यकिन नभएको बताए। अनुमानित रूपमा ४० जना नेपाली फर्काइँदै छन्। सुरुमा ४८ जनाको तयारी भए पनि केही रोकिएकाले संख्या घटेको हो।
डिपोर्ट गरिएकाहरू कुन कारणले फिर्ता पठाइएका हुन् भन्ने खुलाइएको छैन। पत्रमा ‘अमेरिकाको इमिग्रेशन कानुन उल्लंघन’ मात्र उल्लेख गरिएको छ। अमेरिकाले भिसा उल्लंघन, ओभरस्टे वा आपराधिक क्रियाकलापमा संलग्न भएकाहरूलाई नियन्त्रणमा लिई आफ्नै देश फिर्ता पठाउँदै आएको छ।
सन् २०२५ को जनवरीदेखि मेसम्म १४० नेपाली डिपोर्ट भइसकेका छन्। पछिल्लो समय अवैध आप्रवासनमा नेपालीको संलग्नता बढेको भन्दै अमेरिका कडाइमा उत्रिएको हो।