२६ साउन २०८२, आइतबार

अमेरिकामा २ बालबालिकासहित ४ नेपाली मृत फेला

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित म्यानेसस पार्कमा २ बालबालिकासहित ४ जना नेपाली नागरिक मृत अवस्थामा फेला परेका छन्।

मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षीय बालक र ८ वर्षीया बालिका रहेका छन्। उनीहरू एउटै परिवारका हुन् वा होइनन् भन्ने कुरा यकिन भइसकेको छैन।

म्यानेसस पार्क प्रहरी विभागका अनुसार बिहीबार राति करिब १०स्४० बजे घरधनीले आफ्नो घरमा बसोबास गरिरहेका भाडाटार व्यक्तिहरूको सुरक्षाको विषयमा अनुगमन गरिदिन आग्रह गरेका थिए। सोही आधारमा प्रहरी घरमा पुगेको थियो।

प्रहरीले घरको तल्लो तलामा प्रवेश गर्दा चारै जनालाई मृत अवस्थामा फेला पारेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू सबैको मृत्यु गोली लागेर भएको हो। घटनास्थलबाट एउटा बन्दुक पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

चारै शवहरू म्यानेससको मेडिकल एक्जामिनरको कार्यालयमा पोष्टमार्टमका लागि पठाइएको छ। यो घटना हत्या हो वा आत्महत्या भन्नेबारेमा अनुसन्धान जारी रहेको प्रहरी विभागले जानकारी दिएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क