२५ साउन २०८२, शनिबार

आरसीबीको उपाधि उत्सवमा भागदौड : ११ जनाको मृत्यु, ३० जना बढी घाइते

काठमाडौं । आईपीएल २०२५ को ऐतिहासिक उपाधि जितेपछि आयोजित विजयी जुलूसमा भएको भागदौडमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले पञ्जाब किङ्ग्सलाई हराएर पहिलो पटक उपाधि जितेपछि बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियम नजिक हजारौं समर्थक भेला भएका थिए।

प्रहरीका अनुसार भिड अत्यधिक भएपछि स्थिति नियन्त्रण बाहिर गयो। स्टेडियम बाहिर प्रवेश गर्न खोज्ने क्रममा भागदौड मच्चिएको थियो। भागदौडमा लडेर च्यापिँदा १० जनाको ज्यान गएको र भागदौडमा ३० जना बढी घाइते भएका छन् । उनीमध्ये धेरैको अवस्था गम्भीर रहेको बीबीसी हिन्दीले जनाएको छ । २३ हजार जना दर्शक अट्ने क्षमता भएको सो रंगाशालाबाहिर २ देखि ३ लाख सर्वसाधारण जितको खुसियाली मनाउन भेला भएको हुन सक्ने भारतीय प्रहरीको अनुमान छ ।

स्थानीय प्रशासन र प्रहरीको उद्धार टोलीले तत्काल घाइतेलाई अस्पताल पुर्‍याएको छ। प्रहरीले भीड व्यवस्थापनमा चुक भएको स्वीकार गर्दै घटनाको छानबिन थालेको छ।

आरसीबी फ्रेन्चाइजीले विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ। ‘जितको उत्सवमा यस्तो दुःखद घटना हुनु अत्यन्त पीडादायक हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छौं।’

स्थानीय प्रशासनले आगामी दिनमा यस्ता घटना रोक्न कडा उपाय अपनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क