१७ जेठ २०८२, शुक्रबार

गणतन्त्र दिवसको अवसरमा एमाले विराटनगरको वृक्षारोपण

विराटनगर । १८औं गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले विराटनगर महानगर समितिले वृक्षारोपण कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। बिहीबार विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालय अगाडिको सडक छेउमा वृक्षारोपण गरिएको हो।

कार्यक्रममा बोल्दै नेकपा एमाले मोरङ इन्चार्ज तथा केन्द्रिय सदस्य जीवन घिमिरेले उनले रचनात्मक कार्यमार्फत गणतन्त्र दिवस मनाएकोमा महानगर कमिटीलाई धन्यवाद दिए।

वृक्षारोपण कार्यक्रममा एमाले केन्द्रीय सदस्य रामलाल साह, सल्लाहकार परिषद् सदस्य विनोद ढकाल, कोशी प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत, सरस्वती खरेल, सन्तोषी श्रेष्ठ, जिल्ला अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिव उषा झा, उपप्रमुख शिल्पा निराला कार्की लगायतको सहभागिता रहेको थियो।

सचिव विज्ञान चापागाईंका अनुसार गणतन्त्र दिवसलाई वातावरणीय सन्देश दिने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क