१७ जेठ २०८२, शुक्रबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १० अर्बको अनियमितता आशंका, अख्तियारले माग्यो यस्ता कागजात

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रियामा ठूला अनियमितता भएको आशंकापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक छानबिन थालेको छ। आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पाँच प्रकारका महत्वपूर्ण कागजात मागेको छ।

विमानस्थल निर्माणमा अनियमितता भएको उजुरीपछि अख्तियारले परामर्शदाता प्रतिवेदनदेखि बजेट, वार्षिक योजना र निर्णयसम्बन्धी कागजातहरूको प्रमाणित प्रतिलिपि पठाउन निर्देशन दिएको हो।

अख्तियारले मागेका विवरणस्
सन् २०१३ (२०७०) मा परामर्शदाता टोली गठन र प्रतिवेदनबारे सञ्चालक समितिको माइन्युट र निर्णय।

२०७०र१२र२४ को सञ्चालक समितिको बैठक एजेण्डा नं. ८ (ग) र निर्णयसहितको प्रतिलिपि।

सुपरिवेक्षण सेवा खरिद र डाँडा कटानका लागि स्वीकृत बजेट तथा कार्यक्रमको विवरण।

९ फेब्रुअरी २०१२ मा जारी गरिएको ठेक्काको बोलपत्र दस्तावेज।

स्वीकृत Flight Procedure Design 2022 र Ground Validation Report 2023।

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा बनेको संसदीय उपसमितिले तयार पारेको प्रतिवेदनमा निर्माणको क्रममा झन्डै १० अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार भएको निष्कर्ष निकालिएको थियो। उपसमितिले केही अधिकारीहरूमाथि कारवाहीको सिफारिससमेत गरेको थियो।

साथै, जेठ ७ गते बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पनि छानबिन गरी कारबाही गर्न अख्तियारलाई औपचारिक पत्र लेखेको थियो।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क