१९ जेठ २०८२, आइतबार

काठमाडौँमा कार्यपालिका बैठकको माग : बजेट प्रभावित हुने चिन्ता, बालेनमाथि दबाब

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ४२ कार्यपालिका सदस्यमध्ये ४१ जनाले सोमबार मेयर बालेन्द्र शाहसमक्ष कार्यपालिका बैठक बोलाउन माग गरेका छन्। पछिल्लो पटक २०८१ मंसिर २३ मा बैठक बसेको भए पनि त्यसयता बैठक नबसेको पाँच महिनाभन्दा बढी भइसकेको छ।

मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँको उपस्थितिमा बैठक नबोलाउने अडान लिएका छन्। काठमाडौँ टावर नक्सा विवादपछि गुरागाइँलाई कार्यालय प्रवेशमा रोक लगाएपछि टकराव चुलिएको हो। कार्यपालिका सदस्यहरूले गुरागाइँलाई जबरजस्ती कार्यालय प्रवेश गराएपछि बैठक अझै नबोलिने मेयरको संकेत देखिएको छ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार एक महिनामा कम्तीमा एकपटक बैठक बस्नुपर्ने व्यवस्था छ। तर ऐनले सदस्यहरूको मागमा बैठक अनिवार्य बोलाउनुपर्ने स्पष्ट व्यवस्था गरेको छैन। नगरसभा भने एक तिहाइ सदस्यको मागमा १५ दिनभित्र बोलाउनुपर्ने व्यवस्था ऐनमा छ।

प्रवक्ता नवीन मानन्धरले नीति तथा कार्यक्रम र बजेट पेस गर्न कार्यपालिका बैठक अपरिहार्य रहेको बताए। असार १० भित्र बजेट ल्याउनुपर्ने भएकाले कार्यपालिका बैठक नबसी नगरसभा पेस प्रक्रिया प्रभावित हुने आशंका गरिएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क