१२ जेठ २०८२, आइतबार

मेयर बालेनको सचिवालयले सोध्यो १७ का अध्यक्ष नवीन मानन्धरलाई सात दिनको स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० को निर्देशनमा वडा नं. १७ का अध्यक्ष एवं महानगर प्रवक्ता नवीन मानन्धरलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ। जेठ ८ गते मेयर सचिवालयबाट पठाइएको पत्रमा मानन्धरले मेयरको व्यक्तिगत चरित्रमाथि दिएको भनिएको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

सचिवालय प्रमुख शान्ता पहाडीको हस्ताक्षर रहेको उक्त पत्रमा मानन्धरले विभिन्न सञ्चारमाध्यममा मेयरको व्यक्तिगत जीवन र सार्वजनिक प्रतिष्ठामा आँच पुग्ने गरी कपोकल्पित, खेदजनक र अमर्यादित अभिव्यक्ति दिएको दाबी गरिएको छ।

“जनताको मतबाट निर्वाचित गरिमायुक्त पदमा रहनुभएका व्यक्तिबाट यस्ता आधारहीन अभिव्यक्ति दिनु शोभायुक्त होइन,” पत्रमा उल्लेख छ। अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा पर गएर गरिएको यस्तो कार्य मुलुकी फौजदारी संहिता, २०७४ अनुसार आपराधिक मानिने भन्दै गल्ती स्वीकार गर्दै भविष्यमा दोहोर्‍याइन नदिने लिखित प्रतिवद्धता सात दिनभित्र पेश गर्न भनिएको छ।

यसअघि, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण मागेका थिए। त्यसपछि, पाण्डेविरुद्ध वडाध्यक्ष मानन्धरसहित अन्य जनप्रतिनिधिहरू गत चैत २१ गते खुलेर उत्रिएका थिए। नगरपालिकामा पछिल्ला दिनमा मेयर बालेन र जनप्रतिनिधिहरूबीच कार्यशैली र निर्णय प्रक्रियालाई लिएर मतभेद बढ्दै गएको देखिएको छ।

विवादको पछिल्लो मूल प्रसंग काठमाडौं टावरको नक्सापास प्रक्रिया नपु¥याई अघि बढाइएको विषय हो, जसको कारण मेयर बालेनले मानन्धरमाथि छानबिन थालेका थिए। त्यसयता वडाध्यक्षहरू मेयरको ‘एकल निर्णय शैली’ प्रति असन्तुष्टि जनाउँदै आएका छन्।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क