१२ जेठ २०८२, आइतबार

दाहसंस्कारको तयारी हुँदै गर्दा बालिकाको शव प्रहरीको नियन्त्रणमा

खाँदबारी । संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया युनिकाको शव दाहसंस्कारको तयारी भइरहेका बेला प्रहरीले शवसहित उनका अभिभावकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको टोलीले बालिका युनिकाको शव बिहीबार नियन्त्रणमा लिएर जिल्ला अस्पताल संखुवासभाको शवगृहमा राखेको हो।

बालिकाका पिता गोपाल तामाङ र भाइबुहारी कल्पना तामाङबीच वैशाख ३० गते घरायसी विवाद भएको र सोही क्रममा कल्पनाले भतिजी युनिकालाई डिलबाट धकेलेको आरोप छ। डिलबाट लडेपछि गम्भीर घाइते भएकी युनिकाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा जेठ ७ गते मृत्यु भएको थियो।

मृत्युपश्चात् बालिकाको शव दाहसंस्कारका लागि गाउँ ल्याउने क्रममा प्रहरीको टोलीले घटनाबारे थप अनुसन्धान गर्न भन्दै शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार घटनामा संलग्न भएको आशंकामा बालिकाका पिता गोपाल तामाङ र भाइबुहारी कल्पना तामाङलाई समेत नियन्त्रणमा लिइएको छ। उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि म्याद थप्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क