१२ जेठ २०८२, आइतबार

सान्भि इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आज (शुक्रबार) देखि प्राथमिक सेयर ९आईपीओ० निष्कासन गरेको छ। कम्पनीले यस चरणमा कुल २४ लाख १५ हजार ३०० कित्ता साधारण सेयर निष्कासनमा ल्याएको हो।

यसअघि आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी छुट्याइएको सेयरको बाँडफाँट सम्पन्न भइसकेको छ। अब दोस्रो चरण अन्तर्गत बाँकी कित्ता सर्वसाधारण लगानीकर्तालाई उपलब्ध गराइएको हो।

कम्पनीले जानकारी दिएअनुसार, आईपीओमा आवेदन दिनका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ।

आईपीओमा आवेदन दिने अवधि २०७८ साल जेठ १३ गतेसम्म कायम रहनेछ। यस अवधिमा पूर्ण माग नपरेमा निष्कासन अवधि २०७८ जेठ २३ गतेसम्म स्वतः लम्बिनेछ।

आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ।
सर्वसाधारण लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू, तथा मेरो सेयर पोर्टलमार्फत आवेदन दिन सक्नेछन्।

सान्भि इनर्जी लिमिटेड विद्युत् उत्पादनको क्षेत्रमा क्रियाशील कम्पनी हो। यसले जलविद्युत् परियोजना निर्माण तथा सञ्चालनका लागि पूँजी जुटाउने उद्देश्यले सर्वसाधारणमा सेयर निष्कासन गरेको हो।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क