१२ जेठ २०८२, आइतबार

सहकारी ठगीमा एमाले नेता कृष्ण अर्याल पक्राउ

काठमाडौं । दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण तिर्न अटेर गरेका नेकपा एमाले नेता कृष्ण अर्याल ठगी मुद्दामा पक्राउ परेका छन्। अदालतको आदेशमा सोह्रखुट्टे प्रहरीले उनलाई पक्राउ गरी अपराध महाशाखामा बुझाएको हो।

अर्यालले २०७४ जेठ ३० गते संस्थाबाट ११ लाख ५० हजार ऋण लिएका थिए। सहकारीले बारम्बार मौखिक तथा लिखित आग्रह गर्दा पनि उनले साँवा–ब्याज भुक्तानी नगरेपछि २०७९ पुस ४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

अदालतले २०८० असार २७ मा अर्याललाई भुक्तानी गर्न आदेश दिए पनि उनले अटेरी गरेपछि सहकारीले फैसला कार्यान्वयनका लागि कानूनी बाटो रोजेको हो।

अर्याल एमालेका पर्यटन विभाग तथा उद्योग व्यवसायी विशेष जिल्ला कमिटीका इञ्चार्ज हुन् । उनी आफैं संस्थाका सञ्चालकसमेत रहेका थिए। सहकारीले जनताको बचत जोगाउन अर्याललाई किस्ताबन्दीमा तिर्न आग्रह गरे पनि उनले चासो नदेखाएपछि अदालतको आदेशअनुसार कारबाही अघि बढाइएको हो।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क