
सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाले दाम्पत्य जीवनमा झगडा, लैंगिक हिंसा घटाउन ‘उत्कृष्ट ढुकुर जोडी’ खोजी गर्न थालेको छ । उनीहरुलाई सम्मान गर्ने भन्दै नगरपालिकाले सूचना प्रकाशन गरेको छ ।
पछिल्लो समयमा झगडा र विभाजनका घटनाहरू बढ्दै गएपछि यो कार्यक्रम ल्याइएको हो। नगरपालिकाले कम्तीमा १० वर्ष विवाह भएको, दुवै नेपाली नागरिकता राख्ने, स्थायी बसोबास गर्ने, छोराछोरीको जन्म दर्ता र विद्यालय भर्ना गरिएको लगायत न्यूनतम शर्तहरू पुरा गर्ने दम्पतीलाई सम्मान गर्नेछ।
यस कार्यक्रमले दम्पतीबीच मेलमिलाप, पारिवारिक सद्भाव र दाम्पत्य जीवनलाई सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ। इच्छुक जोडीहरूले प्रकाशन मितिदेखि १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित निवेदन दिन सक्ने छन्। सुन्दर हरैचा प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले कार्यक्रमले समाजमा शान्ति र समृद्धि फैलाउने बताए।