१२ जेठ २०८२, आइतबार

प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय छिर्न रोक्ने पाण्डेलाई स्पष्टीकरण

काठमाडौं  । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई अमर्यादित व्यवहार गरेको आरोपसहित ७ दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएका छन्।

महानगर स्रोतका अनुसार, पाण्डेले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको कार्यकक्षमा तालाबन्दी गराउने, जनप्रतिनिधिको बाटो छेक्ने, तथा बारम्बार आग्रह गर्दा पनि समन्वय नगरेको जस्ता अभद्र र अनुशासनविहीन कार्य गरेको आरोप लागेका छन्।

सोमबार पठाइएको स्पष्टीकरण पत्र पाण्डेले मंगलबार बुझिसकेका छन् भने समयमै चित्तबुझ्दो जवाफ नआए कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

यसअघि कर्मचारी संगठनले पनि ज्ञापनपत्र बुझाउँदै पाण्डेलाई तत्काल निलम्बन गरी छानबिन गर्न माग गरेका थिए।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क