२८ साउन २०८२, मंगलबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ। निगमले आज बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य घटाएको जानकारी दिएको हो।

निगमका प्रवक्ता अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ। संशोधित दर मध्यरातिबाट लागू हुनेछ।

नयाँ मूल्य अनुसार उपभोक्ताले पेट्रोल एक रुपैयाँ सस्तोमा खरिद गर्न सक्नेछन् भने डिजेल र मट्टीतेल तीन रुपैयाँ सस्तोमा उपलब्ध हुनेछ। मूल्य समायोजन अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेका कारण गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क