२७ बैशाख २०८२, शनिबार

भारत–पाकिस्तान तनावका कारण आइपिएल अनिश्चितकालका लागि स्थगित

नयाँदिल्ली, वैशाख २६। भारत–पाकिस्तानबीच जारी सीमा तनावको गहिरिँदो प्रभाव भारतीय क्रिकेटमा पनि पर्न थालेको छ। जारी इण्डियन प्रिमियर लिग ९आइपिएल० अनिश्चितकालका लागि स्थगित गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

बिहीबार हिमाचल प्रदेशको धर्मशालामा हुने तय भएको खेल सुरक्षाको कारण रद्द गरिएको थियो। धर्मशाला, जम्मूमा केही घण्टाअघि भएको विस्फोटस्थलबाट २०० किलोमिटरभन्दा कम दूरीमा पर्छ। त्यसपछिको सुरक्षा मूल्यांकनपछि आयोजकहरूले सम्पूर्ण प्रतियोगिता नै स्थगित गर्ने निर्णय गरेका हुन्।

चेन्नई सुपर किङ्ग्स जस्ता फ्रेन्चाइजहरूले सामाजिक सञ्जालमार्फत सशस्त्र सेनाप्रति समर्थन जनाएका छन्। उनीहरूले “राष्ट्र पहिले, अन्य सबै कुरा पछि” भन्ने सन्देशसहित सेना सम्मानजनक तस्बिर सार्वजनिक गरेका छन्।

यस वर्षको आइपिएल मार्च २२ मा सुरु भएको थियो र फाइनल मे २५ मा कोलकाताको इडेन गार्डेनमा हुने तालिका थियो। प्रतियोगितामा अस्ट्रेलियाका प्याट कमिन्स, मिचेल स्टार्क, जोश हेजलवुडजस्ता स्टार खेलाडीहरू सहभागी छन्। अस्ट्रेलियाली क्रिकेट बोर्डले पनि आफ्ना खेलाडीहरूको सुरक्षाको चिन्ता व्यक्त गर्दै स्थिति नियालिरहेको जनाएको छ।

यसबीच, पाकिस्तान क्रिकेट बोर्डले आफ्ना टी२० लिग पीएसएलका बाँकी खेलहरू संयुक्त अरब इमिरेट्समा सार्ने निर्णय गरिसकेको छ।

भारत र पाकिस्तानबीच पछिल्लो तनाव भारत–नियन्त्रित काश्मीरमा भएको आक्रमणपछि झनै चर्किएको हो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ भने पाकिस्तानले संलग्नता अस्वीकार गरेको छ। पछिल्ला झडपहरूमा सीमाका दुवै तर्फ ४८ जनाभन्दा बढीको ज्यान गइसकेको बताइएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क