२३ बैशाख २०८२, मंगलबार

हेटौंडामा सडक भासिएर हराएको गाडी अझै फेला परेन, भूगर्भविद् ल्याएर खोजी गर्ने निर्णय

हेटौंडा, वैशाख २१ — हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा शुक्रबार जमिन भासिएर बेपत्ता भएको बोलेरो भ्यान अझै फेला परेको छैन। गुड्दागुड्दै सडक भासिएपछि गाडी जमिनमा हराएको हो। गाडीका चालक र सहचालक भने समयमै निस्किन सफल भएका थिए।

घटनापछि आइतबार हेटौंडा उपमहानगरपालिकामा विपद् व्यवस्थापन समितिको बैठक बसेको छ। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सहभागितामा बसेको बैठकले भूगर्भविद् ल्याएर अध्ययन गरेपछि मात्र गाडीको खोजी अगाडि बढाउने निर्णय गरेको छ। उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सो जानकारी दिइन्।

विपद् व्यवस्थापन समितिले घटनास्थल आसपासको क्षेत्र तत्कालका लागि आवागमन निषेध गर्ने निर्णयसमेत गरेको छ।

घटनाबारे जानकारी दिँदै मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी श्यामु अर्यालले ना ४ च ४८३३ नम्बरको बोलेरो भ्यान एक्कासी सडक भासिँदा हराएको बताए। उनका अनुसार जमिन भासिन थालेपछि गाडीबाट चालक र सहचालक निस्किएर ज्यान जोगाउन सफल भएका थिए। गाडी भने करिब पाँच सेकेन्डमै भासिएर हराएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

गाडी भासिएको ठाउँनजिकै माछापालनको पोखरी र बोरिङसमेत रहेको पाइएको छ। बोरिङका कारण जमिन कमजोर भई भासिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। शनिबार दिनभर पानी निकास गरेर गाडीको खोजी गरिएको भए पनि भेटिएन ।

 

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क