२३ बैशाख २०८२, मंगलबार

ससुराको हत्या बुहारीकै योजनामा : संखुवासभाको घटनाले समाज स्तब्ध

संखुवासभा । खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको हत्या आफैंकी बुहारीले योजनाबद्ध रूपमा गराएको खुलासा भएको छ। गत शनिबार राति आफ्नै घरको बरन्डामा सुतेका कुमालको घाँटी थिचेर हत्या गरिएको थियो। प्रारम्भिक अनुसन्धानपछि चोकचोकमा चर्चा चलेको यो घटनाको जरा पत्ता लगाउँदै संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले सनसनीपूर्ण खुलासा गरे — “बुहारीले २० हजार दिने भन्दै भाडामा मान्छे लगाएर आफ्नै ससुराको हत्या गराएकी हुन्।”

हत्या योजनामा मीनबहादुरकी १२ वर्षीया नातिनीसमेत संलग्न रहेको खुलेको छ। प्रहरीका अनुसार, कुमालको हत्या उनका बुहारी, नातिनी र दुई किशोर मिलेर गरेका हुन्। चारै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका दुई किशोर मजदुरी गरेर गुजारा चलाउने व्यक्तिहरू हुन्।

रिस र प्रतिशोधले निम्त्यायो हत्या
मृतक मीनबहादुर कुमाल पूर्वकैदी थिए। उनले २०५९ सालमा एक व्यक्तिको हत्या गरेका थिए भने २०७१ सालमा आफ्नै छोरामाथि खुकुरी प्रहार गरेका थिए। छोरा अहिले वैदेशिक रोजगारीमा छन्, तर बुबाको आक्रोश र धम्की भने बाँकी थियो। विदेशबाट फर्किएपछि छोरा मार्ने धम्की दिन थालेपछि बुहारी मानसिक तनावमा थिइन्। साथै, मीनबहादुरले जग्गा बेचेर पत्नीको उपचार गर्ने कुरा उठाएपछि घरमा झगडा झन् चर्किएको थियो।

हत्या योजनाबद्ध ढंगले
वैशाख १३ गते राति बुहारीले दुई किशोरलाई घरमा बोलाइन्। चारै जना — बुहारी, नातिनी र दुई किशोरले जाँड सेवन गरे। त्यसपछि बुहारी र नातिनीले मीनबहादुर सुत्ने स्थान देखाइदिए। योजनाअनुसार किशोरहरूले उनको घाँटी थिचेर हत्या गरे। हत्यापछि उनीहरू सबै बुहारीकै घरमा सुत्न गए। सात दिनपछि अनुसन्धानमा खटिएको प्रहरीले चारै जनालाई नियन्त्रणमा लियो।

प्रहरीका अनुसार, घटनामा संलग्न सबैमाथि कर्तव्य ज्यानको अभियोगमा मुद्दा दर्ता गरिएको छ भने थप अनुसन्धान जारी छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क