२० बैशाख २०८२, शनिबार

युवराजले शेरबहादुरको नजिकको मान्छे भन्दै झुक्याएर बिबाह गरेको अरुणिमाको आरोप,सम्बन्धविच्छेदको मुद्धा हाल्दै मागिन अंश

विराटनगर । नायिका अरुणिमा लम्सालले विवाह भएको आठ महिनामै सम्बन्धविच्छेदका लागि जिल्ला अदालत सुनसरीमा फिरादपत्र दर्ता गर्दै पूर्व श्रीमान्सँग अंशसमेत माग गरेकी छिन्।

नेपालकी चर्चित नायिका अरुणिमा लम्सालले आफ्नो वैवाहिक सम्बन्ध टुंग्याउन तथा अंश माग्न सुनसरी जिल्ला अदालतमा औपचारिक रुपमा मुद्दा दायर गरेकी हुन्। अदालत स्रोतका अनुसार उनले पतिपत्नीको सम्बन्ध विच्छेद र अंशसम्बन्धी माग समेटिएको फिरादपत्र दर्ता गरेकी छिन्।

अरुणिमाले वर्ष ३९ का युवराज श्रेष्ठसँग २०८१ साउन ३१ गते जिल्ला अदालत सुनसरीमै विवाह गरेकी थिइन्। तर विवाह भएको जम्मा आठ महिनापछि उनले सम्बन्ध विच्छेदको लागि कदम चालिन्। फिरादपत्रमा अरुणिमाले उल्लेख गरेकी छन् कि युवराजसँग सम्बन्धविच्छेद हुनुका पछाडि धोका, झुटा कुरा, मानसिक पीडा र विश्वासघात मुख्य कारण हुन्।

फिरादपत्रमा अरुणिमाले भनेकी छन्, “विपक्षीलाई तलब गरी मसँग जोडी मेरा साक्षी प्रमाणसमेत बुझी उल्लिखित कार्य गर्ने विपक्षी र म फिरादी बीचको पतिपत्नीको सम्बन्ध विच्छेद गरी विपक्षीको परिवारमा बुवा, दुईवटी आमा तथा एक जना दाजु, एक जना भाइ रहेको हुँदा मूल अंश ६ भाग लगाई विपक्षीको १ भागबाट आधा भाग अंशसमेत दिलाई पाऊँ।”

फिरादपत्रमा उनले आफ्नो विगतका सम्बन्ध पनि खुलाएकी छन्। उनले यसअघि विराटनगर निवासी अमित अर्यालसँग विवाह गरेको र उनीसँग अमेरिकामा बसोबास गरिरहेको बेलामा माया, सम्मान र साथ नपाएकाले सम्बन्ध विच्छेद भएको उल्लेख गरेकी छन्।

अमेरिकाबाट सम्बन्धविच्छेद गरेपछि नेपाल फर्केकी अरुणिमा २०८१ साउन २ गते नेपाल आएकी थिइन्। विराटनगरमा आफन्त भेट्न एयरपोर्ट जाँदा आफन्तसँगै आएका युवराज श्रेष्ठसँग उनको पहिलो भेट भएको उल्लेख गरिएको छ। त्यसपछि विराटनगरमा रहँदा युवराजले आफूलाई प्रतिष्ठित व्यापारी, राजनीतिकर्मी भएको र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका विश्वास पात्र भएको भन्दै विभिन्न ठूला नेताहरूसँग खिचिएका फोटो देखाएर प्रभावित बनाएको आरोप फिरादपत्रमा गरिएको छ।

अरुणिमाले फिरादपत्रमा उल्लेख गरेअनुसार, युवराजले पटक–पटक फरक–फरक गाडीमा आउँदै आफूलाई प्रभावमा पार्न खोजेका थिए। युवराजले अमेरिकामा सँगै गएर व्यापार गर्ने प्रस्ताव समेत गरेका थिए। विश्वासमा परी, आफू एकल महिला भएको र साथ चाहिएको अवस्थामा, अरुणिमाले युवराजसँग विवाह गरेकी थिइन्।

तर विवाहपछि वास्तविकता फरक भएको उनले उल्लेख गरेकी छन्। फिरादपत्रमा भनिएको छ, ूविपक्षीले स्नातकोत्तर अध्ययन नगरेको, राजनीतिमा पनि सामान्य तहको उपाध्यक्ष मात्रै भएको, आर्थिक अवस्था सामान्य रहेको र मेरो विश्वास जितेर अमेरिका जानु मात्र उसको उद्देश्य रहेको म स्पष्ट बुझेपछि सम्बन्ध विच्छेद गर्नु परेको हो।ू

अरुणिमाले फिरादपत्रमा युवराजले अपशब्द प्रयोग गर्दै गालीगलौजसमेत गर्ने गरेको, मानसिक रूपमा पीडा दिएको र आफ्ना सपना तथा भावनासँग धोका गरेको दाबी गरेकी छन्।

हाल जिल्ला अदालत सुनसरीमा अरुणिमाले दर्ता गरेको सम्बन्ध विच्छेद र अंशसम्बन्धी मुद्दा प्रक्रियागत रूपमा अगाडि बढाइएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क