२० बैशाख २०८२, शनिबार

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काँग्रेस सांसद माया राई पक्राउ

काठमाडौं ।  स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार शनिबार बेलुका काठमाडौंको कपन क्षेत्रबाट राईलाई पक्राउ गरिएको हो।

राईमाथि काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा ठगी गरेको अभियोग लागेको छ। उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले यसअघि नै पक्राउ पुर्जी जारी गरेको थियो। तर उनी फरार रहँदै आएकी थिइन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार फरार सूचीमा रहेकी राईलाई विशेष टोलीले अपरेशन सञ्चालन गरी नियन्त्रणमा लिएको हो।

पक्राउ परेकी सांसद राईमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क