२१ बैशाख २०८२, आइतबार

हरैँचामा टिपरको ठक्करबाट एकजनाको मृत्यु, स्थिति तनावग्रस्त हुँदा डिएसपी घाइते

विराटनगर ।  मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचाबजार छेउमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि क्षेत्र तनावग्रस्त बनेको छ। दुहबी नगरपालिका–९ का ४० वर्षीय मोहमद हसिम मियाको घटना स्थलमै मृत्यु भएको हो।

मृतक मिया प्रदेश १–२०–०५३ नम्बरको मोटरसाइकलमा सवार थिए। उनलाई सोही दिशा (विराट चोकबाट विराटनगरतर्फ) आउँदै गरेको ना १ ख ६२७० नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि घटनास्थलमा व्यापक जनआक्रोश देखिएको थियो।

मृतकका आफन्त तथा स्थानीयले पटक–पटक टिपरमा आगजनी गर्ने प्रयास गरेका थिए। उनीहरूले ढुङ्गा–मुढा समेत प्रहार गर्दा जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशी घाइते भएका छन्। उनी अहिले विराटनगरस्थित एक अस्पतालमा उपचाररत छन्।

घटनापछि प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ। स्थानीयले दोषी चालकमाथि कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क