२१ बैशाख २०८२, आइतबार

विनाशकारी भूकम्प गएको १० वर्ष पूरा

विराटनगर । २०७२ साल वैशाख १२ गते शनिबार, बिहान ११:५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पलाई आज एक दशक पूरा भएको छ। ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले नेपालमा जनधनको अभूतपूर्व क्षति पुऱ्याएको थियो।

बारपाकको १०–१५ किलोमिटर गहिराइमा उत्पन्न उक्त भूकम्पको शक्ति हिरोसिमामा खसालिएको करिब ३३५ एटोमिक बम बराबरको रहेको विज्ञहरूले बताएका छन्। त्यो तरङ्गको रूपमा जमिनमुनी फैलिँदा राजधानी काठमाडौंसहितका धेरै जिल्ला ध्वस्त भए।

सरकारी तथ्यांकअनुसार ८ हजार ८ सय ९६ जनाले ज्यान गुमाए भने २३ हजार ३ सय ३ जना घाइते भए। लाखौं मानिस विस्थापित भए। काठमाडौंको धरहरा, बसन्तपुर दरबार क्षेत्र, पाटन, भक्तपुर, गोरखा दरबारलगायत ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदामा ठूलो क्षति पुग्यो।

भूकम्पको दसौँ वार्षिकी पुग्दासम्म पनि धेरै पुनर्निर्माण कार्य अधूरै छन्। कतिपय संरचना अझै अस्थायी रूपमा प्रयोग भइरहेका छन् भने कतै कामको सुरुआतसमेत हुन सकेको छैन। विपत्तिबाट पाठ सिकेर पूर्वतयारी गर्नुपर्नेमा अहिले पनि भौतिक संरचना निर्माणमा पर्याप्त सावधानी अपनाइएको देखिन्न।

 

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क