२४ बैशाख २०८२, बुधबार

सुन्दरहरैँचामा आगलागी : ८० वर्षीया वृद्धा घाइते

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ सृजनाटोलस्थित एक घरमा शनिबार राति आगलागी हुँदा घरधनी ८० वर्षीया वृद्धा घाइते भएकी छन्। आगलागीमा परी तुलामाया गुरुङ घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

घाइते गुरुङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार इँटाको गारो र जस्तापाताको छानो भएको एकतले पक्की घरमा राति करिब ११ः३० बजे आगलागी भएको हो। आगो लागेपछि तुरुन्तै बाहिर निस्किन नसक्दा वृद्धा गुरुङ घाइते भएकी हुन्।

आगोले घरका लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, काठपात र फर्निचर लगायत सबै सामग्री जलेर नष्ट भएका छन्। आगलागीबाट करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। यद्यपि, घटनामा चौपायाको क्षति भने भएको छैन।

आगलागीको कारण खुल्न बाँकी रहेको र प्रारम्भिक अनुमान अनुसार विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा र दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क