२६ साउन २०८२, आइतबार

आठ महिना नपुग्दै दोश्रो विवाहबाट पनि छुटकारा खोज्दै अरुणिमा, सम्बन्ध विच्छेदको मुद्दा दायर

काठमाडौं । नेपाली सेलिब्रिटीहरूबीच छिटो डिभोर्स गर्ने होड नै चलेको जस्तो देखिन थालेको छ। गायिका एलिना चौहानले विवाह गरेको नौ महिनामै पति विष्णु सापकोटासँग डिभोर्स गरेकी खबर सेलाउन नपाउँदै अभिनेत्री अरुणिमा लम्साल अझ छिटो डिभोर्सतर्फ अघि बढेकी छन्।

हाल अमेरिकामा बसोबास गरिरहेकी अरुणिमा केही दिनअघि नेपाल आएकी थिइन्। सार्वजनिक रूपमा भने उनी आफ्नै चलचित्र ‘घरस् बट इन अमेरिका’ को प्रमोसनका लागि नेपाल आएको बताइन्, तर भित्री कारण भने डिभोर्स रहेको खुलेको छ। उनले श्रीमान् युवराज श्रेष्ठविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गरिसकेकी छन्।

अमेरिकी नागरिक भइसकेकी अरुणिमाले नेपालमा प्रत्यक्ष मुद्दा दायर गर्न नपाउने भएकाले वारेसमार्फत मुद्दा दर्ता गराएकी हुन्। उनले विवाहअघिका धेरै कुराहरू युवराजले ढाँटेको आरोप लगाउँदै सम्पूर्ण दोष उनैमाथि थोपरेकी छन्।

छोटो चिनजानमै विवाह
गत भदौमा नेपाल छुट्टी मनाउन आएकी अरुणिमालाई आफन्तमार्फत सुनसरीका कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह प्रस्ताव आएको थियो। छोटो चिनजानपछि उनीहरू भदौ ३ गते काठमाडौंको राम मन्दिरमा परम्परागत तवरबाट विवाह बन्धनमा बाँधिए। विवाहपछिको केही दिनमै अरुणिमा अमेरिका फर्किइन्।

तर उनले श्रीमान्को घर छिरेकी पनि थिइनन्। युवराजले भने वैशाखमा उनलाई नेपाल बोलाएर घर भित्र्याउने योजना बनाएका थिए। तर त्यो सम्भव नहुँदै दम्पतीको सम्बन्ध टुट्ने मोडमा पुगेको छ।

‘झूट बोलेको थाहा पाएपछि निर्णय गरेँ’अरुणिमाले विवाहअघि युवराजको बारेमा राम्रो मात्र सुनेको तर विवाहपछि निराशाजनक कुराहरू मात्र थाहा पाएको बताउँछिन्। एक अन्तरवार्तामा उनले भनिन्,
‘विवाहअघि राम्रो मात्र सुनियो, तर पछि उहाँको बारेमा नराम्रो कुराहरू मात्र सुनियो। सबै कुरा ढाँटिएको रहेछ। यस्ता झूटो मान्छेसँग भन्दा सिंगल बसेको नै ठीक लाग्यो।’

उनका अनुसार पछिल्लो केही महिनादेखि उनीहरूको आपसी संवादसमेत भएको छैन। युवराजले भने डिभोर्सबारे कुनै प्रतिक्रिया दिएका छैनन्। साथै नेपाल फर्किएकी अरुणिमाले उनीसँग भेट समेत गरेकी छैनन्। बुझिएअनुसार युवराज सम्बन्ध बचाउने पक्षमा छन्, तर अरुणिमा भने डिभोर्सको निर्णयबाट पछि हट्न चाहन्नन्।

कानुनी प्रक्रिया

नेपालको कानुन अनुसार सम्बन्ध विच्छेदका लागि दुवै पक्षको सहमति आवश्यक हुन्छ। तर यदि एक पक्षले मात्र मुद्दा हालेको खण्डमा पनि अर्को पक्षले सहमति नजनाए एक वर्षपछि स्वतः सम्बन्ध विच्छेदको आदेश दिन सक्ने व्यवस्था छ। यदि युवराजले अदालतमा गएर सहमति जनाए भने तत्काल डिभोर्स प्रक्रिया सकिन्छ।

यो अरुणिमाको दोस्रो विवाह हो। यसअघि उनले अमित अर्यालसँग विवाह गरेकी थिइन्। उनीहरूको एक छोरी पनि छिन्। अमेरिका गइसकेपछि उनीहरूको वैवाहिक सम्बन्ध टुटेको थियो र पछि अमितले अर्को विवाह गरेका थिए।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क