२८ बैशाख २०८२, आइतबार

स्काउटको आधारभूत तालिम सुरु

विराटनगर । स्थानीय स्काउटको कार्यालय विराटनगरको आयोजनामा विराटनगरमा ६ दिने स्काउट आधारभूत तालिम सुरु भएको छ । आजदेखि विराटनगर ८ हाटखोलास्थित शुशिक्षा आधारभुत विद्यालयमा तालिम सुरु भएको हो ।

५८५ औँ विटिसी तथा ४३४ पिटिसी आधारभूत तालिम सुरु भएको विराटनगर स्काउटका प्रमुख आयुक्त नवीन पहाडीले बताए । तालिममा विराटनगरका विभिन्न विद्यालयका शिक्षकशिक्षिकाहरुको सहभागिता रहेको छ । तालिममा २४ शिक्षक र २४ जना शिक्षिकाको सहभागिता रहेको पहाडीले बताए ।

नेपाल सरकारको नीति तथा कार्यक्रममा प्रत्येक विद्यालयमा स्काउट पुर्याउने अवधारणा अनुसार हरेक विद्यालयमा स्काउट विद्यार्थी उत्पादन गर्ने उदेश्यले शिक्षक शिक्षिकालाई तालिम दिइएको प्रमुख पहाडीले बताए । तालिम लिएका शिक्षकशिक्षिकाहरुले आ आफ्ना विद्यालयमा विद्यार्थीहरुलाई स्काउटका कृयाकलाप गराउने छन् ।

तालिमको सहजिकरण स्काउटका राष्ट्रिय प्रशिक्षक नवलप्रसाद उपाध्यायले गरिरहेका छन् । तालिमको उद्घाटन शत्रमा स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारी, विराटनगर महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष राम पोखरेललगायतले सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क