विराटनगर । दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिसले खेलेको पहिलो म्याचमा विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले १ सय ४४ रनमा रोकेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आजको खेलमा १ सय ४४ रनमै रोकेको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङको निम्ता पाएको विराटनगरले निर्धारित २० ओभर खेलि ८ विकेट गुमाई १ सय ४४ रनमात्र बनाउन सक्यो ।
एनपीएलमा पहिलो खेल खेलिरहेका डु प्लेसिसले १२ रनमात्र बनाउन सके । ९ बल खेली २ चौका प्रहार गरेका उनलाई अभिषेक गौतमले विकेटकिपर निरोशन डिकवेलाले स्टम्प आउट गराए । त्यसअघि नै लुम्बिनीले खेलमा उत्कृष्ट सुरुआत गरेको थियो । खेलको दोस्रो बलमै शेर मल्लले जर्ज मन्सीलाई शून्यमा एलबीडब्लु आउट गरेका थिए ।
फाफले ओपनिङमा ब्याटिङ गरेपछि तेस्रो नम्बरमा आएका लोकेश बमले विराटनगरबाट सर्वाधिक ३५ रन बनाए । ४२ बल खेलि समान २ चौका र छक्का प्रहार गरेका लोकेशलाई जेजे स्मिटले कट एन्ड बोल्ड गरे । साम हेजलेटले २७ रन बनाए । उनले २० बल खेलि १ चौका र २ छक्का प्रहार गरे ।
नारायण जोशी ५, प्रतिश जिसी ११, बसिर अहमद १९ बलमा समान १ चौका र छक्का प्रहार गरि २८ र साहिल पटेल ३ रनमा आउट भए । इनिङ्सको अन्तिम बल सामना गर्न आएका सन्दीप लामिछानेले छक्का प्रहार गरेका थिए । मर्च्येन्ट डी ल्याङ्गे ८ बल खेलि १० रनमा अविजित रहे ।
लाइभ हेर्न तलको लिंक थिच्नु होला ।
https://www.effectivegatecpm.com/y7kchzmy?key=915d36268718adce043d1fa71f65a66d
