०४ कार्तिक २०८२, सोमबार

नेपालको विजयी सुरुवात — कुवेतमाथि ५८ रनको शानदार जित

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार राति सम्पन्न पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको हो।

पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो। त्यसको जवाफमा कुवेत १८।१ ओभरमै ८३ रनमा अलआउट भयो।

भुर्तेलको अर्धशतकले जितको जग

नेपालका ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रनको शानदार पारी खेले।
उनको योगदानमा नेपालले प्रतिस्पर्धात्मक योगफल बनायो।
दीपेन्द्रसिंह ऐरीले २० रन, र गुलशन झाले ६ बलमा २० रनको क्यामियो पारी खेले, जसमा उनले १९औं ओभरमा लगातार ३ छक्का प्रहार गरेका थिए।

कुवेतका बलर अनुदीप चेन्थामारा र नवीन राजले २–२ विकेट लिएका थिए, जबकि मोहम्मद असलम र अकिफ फारुकले १–१ विकेट लिए।

प्रतिक्रिया

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]