०४ भाद्र २०८२, बुधबार

नन्दन नायक बन्दा टप इन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

अस्ट्रेलिया, भदौ ३ — अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । मंगलबार भएको चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १८० रनको चुनौती प्रस्तुत गर्‍यो । नेपालका लागि आरिफ शेखले ३३, आशिफ शेखले २९, कुशल भुर्तेलले २७ र लोकेश बमले ११ बलमा नटआउट २५ रनको योगदान दिए ।

जवाफी ब्याटिङमा होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटिँदा नेपालका नन्दन यादव नायक बने । उनले तीन ओभरमा १७ रन मात्र खर्चिँदै पाँच विकेट हात पारे। कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले पनि एक–एक विकेट लिए ।

नेपाल यसअघि लगातार तीन खेलमा पराजित भएको थियो। पहिलो खेलमा अस्ट्रेलियाको नर्दन टेरिटोरी स्ट्राइकरसँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग र तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग हार बेहोरेको थियो। यो जितसँगै नेपालले सिरिजमा दुई अंक जोड्दै आत्मविश्वास उकासेको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क