
बरेली । भारतको उत्तर प्रदेशको बरेलीमा एक नेपाली युवतीमाथि स्थानीय पुरुषहरूको भीडले सामुहिक यातना दिएको घटना सार्वजनिक भएको छ ।
पीडित युवतीको परिचय सुष्मिता (काजल) को रूपमा खुलेको छ । उनलाई चोरीको आशंकामा भीडले पक्राउ गरी निर्ममतापूर्वक कुटपिट गरेको थियो । भिडियोमा युवतीलाई भुइँमा बसालेर कपाल समात्दै, हात जोडेर गुहार माग्दै गरेको देखिन्छ । उनले बारम्बार “पुलिसलाई बोलाऊ” भन्दै चिच्याइरहेकी थिइन्, तर भीडले सुन्न मानेन ।
पछि भीडले उनलाई डोरीले बाँधेर पोलमा राखेको भिडियो पनि भाइरल भएको छ । घटनापछि सामाजिक सञ्जालमा भारतमा महिला हिंसामाथि प्रश्न उठिरहेका छन् ।
यस घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको छ । संलग्न ४ जनालाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको उत्तरप्रदेश प्रहरीले जनाएको छ ।