२५ साउन २०८२, शनिबार

एमालेको १७ वटा वडामा अधिवेशन सम्पन्न, को-को भए अध्यक्ष ?

विराटनगर । नेकपा एमाले विराटनगरका ३ वटा वडामा नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि विराटनगर ४, १० र १४ मा मतदान गरिएको थियो ।

मतदान प्रकृयाबाट वडा नं ४ मा नवराज काफ्ले निर्वाचित भए । शनिबार अवेर सम्पन्न मतपरिणाम अनुशार काफ्लेले १४६ मत ल्याएर विजयी भए । उनले ले वडा कमिटी अध्यक्षका प्रत्यासी राधेश्याम घिमिरेलाई ९९ मतान्तरले पराजित गरे ।

काफ्लेले १४६ मत ल्याउँदा घिमिरेले ४७ मत पाए । ३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

मतदान प्रकृयाबाट विराटनगर १० मा कृष्ण तिम्सिना निर्वाचित भए । उनले महेश मण्डललाई पराजित गर्नुभयो । तिम्सिनाले ४७ र मण्डलले ३६ मत प्राप्त गरे।

विराटनगर १४ मा सन्तोष शर्मा निर्वाचित भए । उनले ६२ मत प्राप्त गरे । शर्माका निकटतम प्रतिद्धन्द्धी दयाराम महतोले ४३ मत पाए । विराटनगरका १९ वटा वडा मध्ये १४ वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ । २ वटामा स्थगित भएको छ । स्थगित अधिवेशन साउन २५ गते हुने महानगर कमिटी सचिव विज्ञान शर्माले जानकारी दिए ।

१७ वटा वडाको अधिवेशन शनिबार एकै दिन सम्पन्न भएको छ । सर्वसम्मत भएका वडाहरुमा निम्नानुसार निर्वाचित भएका छन् ।

१) ईश्वर रिजाल
२) प्रवीण कर्ण
३) ईश्वर निरौला
५) राजेश गिरी
६) नारायण बराल
८) भुवन राजवंशी
११) सूर्य किरण घिमिरे
१२) भानुभक्त पाठक
१३) निरज बस्नेत
१५) भिखारी खत्वे
१६) धनकुमार लामा
१७) मोहम्मद गुल्जार
१८) जितेन्द्र कामत
१९) अमिरलाल चौधरी

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क