२५ साउन २०८२, शनिबार

पार्टी विभाजनको सपना चकनाचुर : विष्णु पौडेल

बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमाले विभाजन गर्न खोज्नेहरुको सपना चकनाचुर भएको बताएका छन् । पुष्पलाल स्मृति दिवसका अवसरमा आज बुटवलमा आयोजित अन्तक्र्रियामा बोल्दै पौडेलले पार्टीभित्र अस्थिरता मच्चाउने र विभाजनको कोशिस गर्ने तत्वहरु विफल भएको दाबी गरे।

“एमाले विभाजनमा भूमिका खेलेका केही तत्व फेरि पनि त्यो दोहोर्याउन सकिन्छ कि भन्ने भ्रममा थिए,” उनले भने, “तर केन्द्रीय कमिटीको एकमत निर्णयले उनीहरुको सपना तुषारापात भएको छ ।”

सरकारका बारेमा पनि पौडेलले स्पष्ट संदेश दिए । “सरकार ढल्दैछ भन्ने हल्ला फैलाउने, नकारात्मक भाष्य सिर्जना गर्ने र समाजलाई गलत दिशामा लैजान खोज्नेहरु छन्,” उनले भने, “तर ती सबै प्रयास चिर्दै सरकार सुशासन, आर्थिक विकास र समृद्धिको दिशामा अघि बढिरहेको छ ।”

उनले काँग्रेस–एमाले गठबन्धन २०८४ सालसम्म कायमै रहने पनि बताए । “गठबन्धन भत्किन्छ भनेर गरिएका प्रचारहरु सत्य होइनन्,” उनले भने, “स्थिरता र सुशासनका लागि गठबन्धन बनेको हो ।”

पौडेलले बुधबारै रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा परमेश्वर बोलबम धामको अवलोकन गर्दै त्यसको विकासमा सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क