२५ साउन २०८२, शनिबार

प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने, मोदी पनि नेपाल आउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भदौ अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । नेपाल र भारतबीच उच्चस्तरीय राजनीतिक संवादलाई गति दिन मोदीले ओलीलाई निमन्त्रणा गरेका हुन् ।

प्रधानमन्त्री ओली आगामी सेप्टेम्बर १६ (भदौ अन्तिम साता) मा नयाँ दिल्ली प्रस्थान गर्नेछन् । प्रधानमन्त्री बनेको करिब एक वर्षपछि ओली पहिलो पटक भारतको औपचारिक भ्रमणमा जाँदैछन् । भारतले उनलाई रातो कार्पेट स्वागतको तयारी गरेको जनाइएको छ ।

यसअघि ओली र मोदीबीच न्यूयोर्क र बैंककमा अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा साइडलाइन भेटघाट भए पनि दुवैले एक–अर्काको देशको औपचारिक भ्रमण गरेका थिएनन् ।

यता, ओलीको भ्रमणपछि प्रधानमन्त्री मोदी पनि आगामी अक्टोबर वा नोभेम्बरको पहिलो साता नेपाल आउने तयारीमा रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । दुई प्रधानमन्त्रीबीचको भ्रमणले दुवै देशबीचको सम्बन्धमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क