२५ साउन २०८२, शनिबार

इनरुवामा दम्पती घरमै मृत फेला, हत्या र आत्महत्याको आशंका

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा एक दम्पती घरभित्रै मृत फेला परेका छन् । आज बिहान स्थानीयले मृत भेटाएपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय सुकदेव शर्मा र उनकी ३२ वर्षीया पत्नी सवेता खातुन रहेका छन् । घटनास्थलमा पुगेको प्रहरी टोलीका अनुसार श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेपछि आफूले झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रहरी स्रोतले भनेको छ, “घटनास्थलको प्रकृति हेर्दा हतियार प्रयोग भएको देखिँदैन । थप विवरण अनुसन्धान र पोस्टमार्टम रिपोर्टपछि प्रष्ट हुनेछ ।”

सुकदेव घरको धुरीमा बाँसको टाटीबेरामा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका थिए भने सवेता ओछ्यानमै मृत अवस्थामा भेटिइन् । घटनास्थलमा डिएसपी योगराज खतिवडा नेतृत्वको टोली पुगेको थियो । कानुनी प्रक्रिया पूरा गरेर दुवैको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ ।

सवेताका आफन्त भने अहिलेसम्म प्रहरीको सम्पर्कमा आएका छैनन्। आफन्त आएपछि मात्रै शवको पोस्मार्टम गरिने भएको छ। प्रहरीले सवेताले पनि सुकदेवसँग दोस्रो बिहे गरेको र उनी सुकदेवकी कान्छी पत्नी रहेको जनाएको छ।

सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो। घटनास्थल जिल्ला प्रहरी कार्यालय सुनसरीबाट करिब तीन किलोमिटर पूर्व पर्छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क