
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार दिउँसो एक मिनेटमै सकिएको छ।
बैठक सुरु भएलगत्तै मेयर बालेन शाहले बैठकमा आज २४ वटा एजेन्डा रहेको जानकारी दिँदै एउटै प्रस्ताव मात्रै अघि सारे। उनले असार २९ गते दिउँसो २ बजे नगरसभा बैठक बोलाउने प्रस्ताव पेश गरे।
उपस्थित कार्यपालिका सदस्यहरूले उक्त प्रस्तावमा समर्थन जनाएपछि पारित भएको थियो। त्यसपछि मेयर शाहले बैठक सकिएको घोषणा गरे।