२५ साउन २०८२, शनिबार

भोटेकोशी बाढीमा फसेका ४८५ को उद्धार, २० बेपत्ता, ठूलो क्षति

भोटेकोशीमा असार २४ गते राति आएको भीषण बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ । स्याफ्रुबेशी–रसुवागढी सडक अवरुद्ध भएपछि सुरक्षाकर्मीले अस्थायी पदमार्ग बनाएर अलपत्र परेका ४८५ जनाको उद्धार गरेका छन् । उनीहरूलाई सुरक्षित गन्तव्यमा पुर्‍याइएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बाढीले तीन सुरक्षाकर्मीसहित १४ नेपाली र ६ चिनियाँ गरी २० जना बेपत्ता भएका छन् । चारजनाको शव फेला परेको छ भने पाँच वटा मानव अंग मात्र भेटिएको छ। पहिचान नभएका शव र अंगहरू महाराजगञ्ज शिक्षण अस्पतालमा राखिएको छ ।

बाढीले नेपाल–चीन जोड्ने रसुवागढी पुल भत्काएको छ। भन्सार सडक अवरुद्ध हुँदा नाका ठप्प छ भने विद्युत आपूर्ति पनि बन्द भएको छ । उद्धारमा सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय खटिएका छन्। जोखिममा रहेका १६५ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ ।

बाढीले ४२ इभी, २३ कन्टेनर, ६ ट्रक, ८ हेभी उपकरण र सयौं मेशिनहरू बगाएको छ । रसुवागढी र चिलिमे जलविद्युत आयोजनाका संरचनामा समेत क्षति पुगेको छ। भन्सारको चार्जिङ स्टेसन, ड्याम, सुरुङ र क्याम्पहरूमा ठूलो क्षति भएको छ। उद्धार र खोजी जारी छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क