२५ साउन २०८२, शनिबार

६ महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं । करिब ६ महिनासम्म थन्किएको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक अन्ततः बस्ने भएको छ । मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् ।

महानगरको ऐनअनुसार मासिक कम्तीमा एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था छ । तर, काठमाडौं भ्यू टावरको नक्सा पास प्रकरणपछि सुरु भएको विवादका कारण गत पुसयता कार्यपालिका बैठक बसेको थिएन ।

नक्सा पास विवाद र संवादहीनता

विवादको सुरुवात मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई अनियमित रूपमा भ्यू टावरको नक्सा पास गरेको आरोप लगाउँदै कार्यालय प्रवेशमा रोक लगाएपछि भएको हो ।

त्यसपछि बालेनले गठन गरेको छानबिन समितिले समेत गुरागाईँको गल्ती प्रमाणित गर्न नसकेपछि स्थिति झन् पेचिलो बनेको थियो ।

गुरागाईँमाथि इगोका कारण कार्यपालिका चलाउन नचाहेको आरोप लाग्दै आएको छ । यही कारण महानगरको आगामी बजेटसमेत अझै प्रस्तुत हुन सकेको छैन ।

बैठक बस्न दबाब

यसबीचमा मेयर शाहले प्रशासकीय अधिकृतबिना नै कार्यपालिका बैठक राख्ने प्रयास गरेका थिए। तर, उपमेयर सुनिता डंगोलसहित वडाध्यक्षहरूले त्यसलाई गैरकानूनी भन्दै अस्वीकार गरेका थिए ।
उनीहरूले बैठक कानुनअनुसार प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमै बस्नुपर्ने भन्दै मेयरमाथि दबाब बढाएका थिए । अन्ततः बालेन शाह गुरागाईँसहितकै बैठकमा बस्न तयार भएको स्रोतहरूले जनाएका छन् ।

बजेट र नीति कार्यक्रममा असर

महानगरमा कार्यपालिका बैठक बस्न नसक्दा चालु आर्थिक वर्षको अन्त्यसम्म पनि नीति, कार्यक्रम र बजेट तय हुन सकेको छैन । बजेट पारित नभएर विकास योजना र अन्य प्रशासनिक कार्यसमेत प्रभावित भएका छन् ।

अब शुक्रबारको बैठकले यी विवाद र अवरोध हटाउने प्रयास गर्ने अपेक्षा गरिएको छ । तर, मेयर र प्रशासकीय अधिकृतबीचको सम्बन्ध सुधार नहुन्जेल कार्यपालिका पूर्ण रूपमा सुचारु हुन कठिन हुने अनुमान गरिँदैछ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क