२५ साउन २०८२, शनिबार

गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली चलाएर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हिजो साँझ जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले शंका लागेर जाँच गर्न खोज्दा उनीहरूले प्रहरीमाथि हातपात गर्दै भाग्ने प्रयास गरेपछि प्रहरीले ६ राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको हो।

गोली लागेर घाइते भएका एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारत बिहार राज्यको किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँ रहेका छन्।

उनीहरूको साथबाट २०५ ग्राम ८० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार लागुऔषध कारोबारीहरूमाथि निगरानी र नियन्त्रणका लागि जिल्लामा नियमित अभियान जारी छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क