१४ मंसिर २०८३, आइतबार

भजनकीर्तन प्रतियोगितामा सिद्धेश्वर समूह प्रथम

विराटनगर । भाषा, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेकपा एमाले विराटनगर महानगरपालिका–४ वडा कमिटीले आयोजना गरेको वडास्तरीय भजनकीर्तन प्रतियोगितामा सिद्धेश्वर भजनकीर्तन समूह जामुनगाछी प्रथम भएको छ ।

प्रतियोगिताको तेस्रो संस्करणमा प्रथम भएको सिद्धेश्वर समूहले नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । अच्युतम कीर्तन समूह आदर्शटोल दोस्रो हुँदै १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ । राधाकृष्ण भजन टोली विराटनगर ढाट समूह तेस्रो हुँदै सात हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्दा इक्राही भजन समूह चौथो हुँदै तीन हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सहभागी अन्य समूहलाई पनि आयोजकले जनही एक हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरेको छ ।

भजनकीर्तन, संगिनी गायन तथा नृत्य प्रतियोगितामार्फत भाषा, धर्म र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एमाले विराटनगर–४ का अध्यक्ष नवराज काफ्लेले बताउनुभयो । प्रतियोगितामा सहभागी हुन वडा नम्बर ४ भित्रका भजनकीर्तन समूहलाई नाम दर्ताका लागि खुला आह्वान गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा ३९ वटा समूहले नाम दर्ता गराएका थिए ।

वडा इन्चार्ज नवराज नेपालले भाषा, धर्म र संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो । नयाँ पुस्तालाई मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोड्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको उहाँको भनाइ थियो । भजनकीर्तन प्रतियोगिताले धार्मिक तथा सांस्कृतिक सद्भाव कायम गर्नुका साथै स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेकपा एमाले विराटनगर–४ वडा कमिटीका अध्यक्ष नवराज काफ्लेले नेतृत्व सम्हालेपछि वडामा यस्ता रचनात्मक तथा सांस्कृतिक कार्यक्रमलाई प्राथमिकता दिँदै आउनुभएको छ ।

प्रतियोगिताका विजेता तथा सहभागी समूहलाई नेकपा एमालेका केन्द्रीय सदस्य ऋषिकेश पोखरेल, नेता विनोद ढकाल, मोरङ जिल्ला सचिव सोमराज थापा, महानगर कमिटी अध्यक्ष बलराम गिरी, सचिव विज्ञान शर्मा र आयोजक वडा कमिटीका अध्यक्ष नवराज काफ्लेलगायतले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]