काफ्ले बन्धु सेवा समाज मोरङको अध्यक्षमा विराटनगरका नवराज काफ्ले निर्वाचित भएका छन्।
आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनले काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा टीकाराम काफ्ले र सचिवमा दलबहादुर काफ्ले निर्वाचित भएका छन्। सहसचिवमा चुडामणि काफ्ले र कोषाध्यक्षमा नरेन्द्र काफ्ले निर्वाचित भएका छन्।