२० चैत्र २०८२, शुक्रबार

एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकको म्याद थपिदै

काठमाडौं । जेन जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई थप हिरासतमा राख्न म्याद थप गरिँदैछ ।

जिल्ला प्रहरी परिसर, भद्रकालीका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार लेखकलाई भौतिक रूपमै जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर र ओलीलाई सकेसम्म भौतिक, चिकित्सकले अनुमति नदिएमा भर्चुअल विधिबाट म्याद थप गरिने भएको छ । त्यसका लागि प्रहरी टोली ओलीको स्वास्थ्य स्थिति बुझ्न महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेको उनले बताए ।

‘यदि उहाँलाई ल्याउन नमिल्ने रहेछ भने सरकारी वकिलको कार्यालयलाई त्यही जानकारी गराइदिन्छौँ, उहाँहरूले भर्चुवल रूपमा गरौँ भन्न सक्नुहुन्छ’, उनले भने ।

शनिबार पक्राउ परेका ओली र लेखकको आइतबार १० दिनका लागि अनुसन्धानको म्याद माग्दै प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेश गरेको थियो । तर, जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठले ५ दिनको मात्रै म्याद दिए ।

अनुसन्धानका लागि आवश्यक पर्ने म्याद थपका निम्ति फेरि सिफारिस गरिएको भट्टराईले बताए ।

आज थप हुने म्यादभित्र एमाले अध्यक्ष ओलीको बयान गराइने उनले बताए । ‘आज उहाँ आउन सक्नुभयो भने आजै, अन्यथा अर्को कुनै अनुकूल दिनमा गर्न सकिन्छ’, उनले भने ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]