३० फाल्गुण २०८२, शनिबार

अस्कर २०२६: नोमिनीहरूलाई लक्जरी गिफ्ट ब्याग, बन्नेछन् करोडपति

फिल्म उद्योगको सबैभन्दा प्रतिष्ठित अवार्ड Academy Awards (अस्कर) २०२६ घोषणा हुन अब केही दिन मात्र बाँकी छ। ९८औँ अस्कर समारोह १५ मार्च २०२६ मा Dolby Theatre मा आयोजना हुँदैछ, जहाँ सन् २०२५ का उत्कृष्ट फिल्म, कलाकार र प्राविधिकलाई २४ विभिन्न विधामा सम्मान गरिनेछ।

अस्कर समारोहमा ट्रफी जित्ने विजेतासँगै प्रत्येक वर्ष नोमिनीलाई दिइने विशेष गिफ्ट ब्याग पनि निकै चर्चामा रहने गर्छ। यस वर्षको “Everyone Wins” गिफ्ट ब्यागको अनुमानित मूल्य करिब ५ करोड १ लाख ७६ हजार ६ सय ५४ रुपैयाँ (झन्डै ३५०,००० डलर) रहेको बताइएको छ।

यो गिफ्ट ब्याग आधिकारिक रूपमा Academy of Motion Picture Arts and Sciences ले नभई लस एन्जलसस्थित मार्केटिङ कम्पनी Distinctive Assets ले वितरण गर्दै आएको हो। कम्पनीका संस्थापक Lash Fary ले विगत २४ वर्षदेखि यस्तो गिफ्ट ब्याग तयार पार्दै आएका छन्।

यस वर्षको ब्यागमा २३ वटा लक्जरी वस्तु तथा सेवा समावेश छन्। जसमा कोस्टारिकाको निजी लक्जरी भिल्लामा बसाइ, फिनल्यान्डको ल्यापल्यान्डमा नर्दर्न लाइट्स हेर्ने आर्कटिक रिट्रिट, श्रीलंकाको सन्तानी रिसोर्टमा १० दिनको वेलनेस कार्यक्रम, क्यालिफोर्नियाको गोल्डेन डोरमा ७ दिनको वेलनेस अनुभव, महँगा स्किनकेयर सेट, स्पा क्रेडिट, फेसियल र डेन्टल स्माइल मेकओभर कन्सल्टेसन जस्ता सेवा समावेश छन्।

यसका साथै लक्जरी लगेज, डिजाइनर पेन, क्रिप्टोकरन्सी कोल्ड-स्टोरेज वालेट, चिया टेस्टिङ सेट, चकलेट स्न्याक्स र विभिन्न लाइफस्टाइल उत्पादनहरू पनि गिफ्ट ब्यागमा राखिएका छन्।

यस गिफ्ट ब्यागको उद्देश्य अस्करमा मनोनयन पाउनु नै ठूलो उपलब्धि भएको सन्देश दिनुका साथै साना तथा नयाँ ब्रान्डलाई विश्वव्यापी प्रचार दिलाउनु पनि हो।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]