१८ माघ २०८२, शनिबार

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं ।  नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बिहान बस्ने भएको छ ।
समसामयिक राजनीतिक परिस्थिती, राष्ट्रियसभा निर्वाचनमा भोली हुने मनोनयन र केन्द्रीय कमिटीका एजेण्डा तय गर्न बैठक बस्न लागेको सचिव पद्मा अर्यालले बताइन । अर्यालका अनुसार बैठक बिहान ९ बजे च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ ।

आजको बैठकमा नेताहरुको कार्यविभाजन पनि प्रमुख एजेण्डाको रुपमा रहेको एक पदाधिकारीले जानकारी दिए । देश निर्वाचनतर्फ उन्मुख रहेकोले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि एमालेको तयारी छ । जस अनुसार मुख्य मुख्य विभागका प्रमुख,प्रदेशका इन्चार्जहरुलाई संयोजक र जिल्ला इन्चार्जहरुलाई पनि संयोजकको भूमिका दिइने तयारी छ ।

आजको बैठकले २६ गते बस्न् लागेको केन्द्रीय कमिटीमा प्रष्तुत गरिने निर्वाचन केन्द्रीत केही रणनीति पनि तय गर्ने छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]