१८ माघ २०८२, शनिबार

मालपोत र प्रशासन कार्यालयबाट २९ बिचौलिया पक्राउ

विराटनगर । विराटनगरस्थित मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रहरीले बिचौलियाको रूपमा काम गर्दै सेवाग्राहीलाई दुःख र हैरानी दिएको आरोपमा २९ जनालाई पक्राउ गरेको छ।

प्रहरीले मंगलबार ती दुई कार्यालय परिसरबाट उनीहरूलाई पक्राउ गरेको हो। बिचौलियाको गतिविधिबारे गुनासो आएपछि निगरानी बढाई उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेकामध्ये ९ जना जिल्ला प्रशासन कार्यालयबाट र २० जना मालपोत कार्यालयबाट पक्राउ परेका हुन्।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]