०४ कार्तिक २०८२, सोमबार

अपहरणको दुई वर्षपछि नेपाली बन्धक बिपिन जोशीको भिडियो सार्वजनिक, भिडियो कहिलेको हो ?

काठमाडौं । इजरायलको किबुट्ज आलुमिमबाट अक्टोबर ७, २०२३ मा अपहरणमा परेका नेपाली बन्धक बिपिन जोशीको दुई वर्षपछि एक भिडियो सार्वजनिक भएको छ ।

इजरायलको अनलाइन पत्रिका जेरुसलम पोष्टले परिवारको अनुरोधमा र इजरायली गुप्तचर निकायको स्वीकृतिपछि उक्त भिडियो नोभेम्बर २०२३ मा छायांकन गरिएको मानिएको फुटेज हालै सार्वजनिक गरिएको उल्लेख गरेको छ ।

यो भिडियो इजरायली अधिकारीहरूले अपहरणपछि संकलन गरेको थिए र यसअघि सरकारी सेन्सरशिपका कारण सार्वजनिक गर्न रोकिएको थियो ।

उक्त भिडियो जोशीको कैद अवस्थाको एक मात्र दृश्य प्रमाण मानिएको छ । दुई वर्ष बितिसक्दा पनि उनको हालको अवस्था र ठेगाना अझै अज्ञात रहेको बताइएको छ ।

फुटेजमा बिपिन जोशीले आफूलाई परिचय गराउँदै भनेका छन्, “ म बिपिन जोशी, म नेपालबाट हुँ। म २३ वर्षको हुँ। म २५ दिन अघि इजरायल आएको हुँ। म यहाँ ‘अर्न एण्ड लर्न’ कार्यक्रमका लागि आएको हुँ । म एक विद्यार्थी हुँ ।”

जोशीलाई हमास आतङ्ककारी समूहले अपहरण गरेको पुष्टि इस्रायली सुरक्षा निकायहरूले तत्कालै गरेका थिए ।

उनको उद्धारका लागि इजरायल र नेपाल दुवै सरकारका तर्फबाट पहल भइरहे पनि हालसम्म उनको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त भएको छैन ।

जोशीकी बहिनी पुष्पा अहिले दाजुको रिहाईको लागि पहल गरिदिन भन्दै अमेरिकामा रहेकी छिन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न कार्यक्रम मिलाइदैछ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]