०४ कार्तिक २०८२, सोमबार

बालेन्द्र साह र सुदन गुरुङविरुद्ध देशभरबाट जाहेरी दिने अखिलको तयारी

काठमाडौं, असोज २२ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङ विरुद्ध जाहेरी दिने तयारी गरेको जनाएको छ।

अखिलले हालैको ‘जेनजी आन्दोलन’ का क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएको आरोप लगाउँदै दुवैजनामाथि कानुनी कारबाहीको माग गर्दै देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा जाहेरी दिने निर्णय गरेको हो।

अखिलका महासचिव दीपक धामीले बुधवार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, “सार्वजनिक सम्पत्ति, अड्डा–अदालत र प्रहरी चौकीहरूमा तोडफोड तथा आगजनी गरिएको छ। त्यसका जिम्मेवार व्यक्तिहरूमाथि कानुनी कारबाही होस् भनेर आजदेखि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा जाहेरी दिन थाल्दैछौं।”

उनका अनुसार अखिलको अभियान केन्द्रीय समन्वयमा देशव्यापी रूपमा सञ्चालन हुनेछ।

यसअघि मंगलबार अखिलका प्रतिनिधिहरू जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका थिए र जाहेरी दर्ता गर्ने प्रयास गरेका थिए। तर, प्रहरी पक्षले उक्त जाहेरी तत्काल दर्ता नगरी सरकारी वकिलसँग छलफलपछि २४ घण्टाभित्र निर्णय गर्ने जनाएको थियो।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]