
काठमाडौं । ओमानमा आजदेखि सुरु हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक (ईएपी) रिजनल फाइनल अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ।
खेल ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा हुने छ, जसको सुरुवात नेपाली समयअनुसार बेलुका ८स्४५ बजे हुनेछ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र कुवेतबीच हालसम्म तीनपटक प्रतिस्पर्धा भएको छ। तीमध्ये नेपालले दुई खेलमा जित हात पारेको छ भने कुवेतले एक खेलमा नेपाललाई पराजित गरेको छ।
दुवै टोलीबीच पछिल्लो भेट यसै वर्ष अप्रिलमा हङकङमा सम्पन्न चारदेशीय टी–२० शृंखलामा भएको थियो। सो शृंखलाको लिग चरणमा नेपाल विजयी बनेको भए पनि फाइनलमा कुवेतले नेपालको हार सुनिश्चित गरेको थियो।
आजको खेल जित्ने टोलीले सुपर सिक्स चरणमा प्रवेश गर्ने सम्भावना अत्यधिक रहेको छ। यद्यपि, अघिल्लो पटक कुवेतले नेपाललाई हराइसकेको कारण उसलाई कमजोर प्रतिद्वन्द्वीका रूपमा लिन नहुने जनाइएको छ।
यस प्रतियोगितामा ९ टोली सहभागी रहेका छन्, जसबाट ३ टोलीले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ का लागि छनोट हुनेछन्।
यसपटकको छनोट संरचना केही फरक रहेको छ। यसमा एसिया क्षेत्रका साथै इस्ट एसिया–प्यासिफिक ९भ्ब्ए० क्षेत्रका टोलीहरू पनि समावेश गरिएका छन्, जसका कारण प्रतियोगिताको नाम “टी–२० विश्वकप एसिया एण्ड भ्ब्ए छनोट” राखिएको हो।
नेपालको टोली
रोहित कुमार पौडेल ९कप्तान०
दीपेन्द्र सिंह ऐरी ९उपकप्तान०
कुशल भुर्तेल
लोकेस बम
कुशल मल्ल
आसिफ सेख
आदील आलम
करण केसी
नन्दन यादव
सन्दीप लामिछाने
सन्दीप जोरा
आरिफ सेख
ललित नारायण राजवंशी
गुलशन झा
सोमपाल कामी