०४ कार्तिक २०८२, सोमबार

नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना

काठमाडौं । आज नवरात्रको पाँचौँ दिन देशभर दुर्गाको पाँचौँ रूप स्कन्दमाताको विधिपूर्वक पूजा आराधना भइरहेको छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको विशेष पूजाआजा गर्ने परम्परा छ ।

पौराणिक ग्रन्थअनुसार पार्वतीको आज्ञा स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले ‘स्कन्दमाता’ नामकरण भएको हो। स्कन्दको अर्थ नै सनतकुमार भएकाले देवीलाई यही नामले पुकारिएको बताइन्छ । प्रतिमा विवरणअनुसार स्कन्दमाता सिंहासनमा आसिन रहँदी दुवै हातमा कमलपुष्प समाएको स्वरूपमा चित्रण गरिन्छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायतका देवी स्तोत्रको पाठ गरिन्छ । वैदिक सनातन धर्मावलम्बीहरूको विश्वासअनुसार नवरात्रमा देवीको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ ।

नवरात्र आरम्भसँगै शक्तिपीठहरूमा दर्शन तथा पूजाका लागि भक्तजनको भीड लाग्ने गरेको छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद ग्रहण गरी बडादसैँ पर्व धुमधामका साथ मनाइने परम्परा रहेको छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]