०४ कार्तिक २०८२, सोमबार

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ।

स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आश्की चौधरी पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

प्रनाउ बस्नेतका अनुसार घटनाबारे स्थानीयले जानकारी गराएपछि स्थानीयवासीको सहयोगमा पोखरीबाट बालिकाहरूको शव निकालिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

दसैंको बेला स्थानीय दुई बालिकाको मृत्यु भएपछि गाउँमा गहिरो शोक छाएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]